जात्रा-पर्व

मधेसमा तिलासक्रायतको उल्लास

इकागज |
माघ १, २०८० सोमबार १०:५१ बजे

महोत्तरी - मिथिला क्षेत्रमा मकर सक्रायत पनि भनिने यो पर्वमा ‘मकर स्नान’ को धार्मिक महत्व छ । हिन्दू परम्पराका मैथिल (मिथिलाका बासिन्दा) यो पर्वमा बिहानै धार्मिक महत्वका नदी, तलाउमा नुहाएर अब जाडो हराउने कामना गर्छन् । माघ लागेपछि हुस्सु, तुवाँलो हटेर घाम लाग्न थाल्छ । नयाँ परिकार खाने ख्वाउने चलनले यो पर्व उल्लासमय छ ।

पर्वमा घरघरै चिउरा, दही, सख्खर र विभिन्न प्रकारका लाई खाने, खुवाउने परम्पराले यो पर्व आपसी भेटघाट र रुमाइलोको अवसर मानिन्छ । पर्वमा मासको दाल, अरवा चामल र घ्यूमा पकाइएको खिचडी खास परिकार मानिन्छ । पर्वका लागि बनाइएका परिकार बिहान मकर स्नानपछि ब्राह्मण, पुरोहितलाई दान गरेपछि ग्रह, दशा हट्ने र राम्रा दिन सुरु हुने विश्वास रहिआएको छ ।


माघे सङ्क्रान्तिका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने र यसै दिन उत्तरायण सुरु हुन्छ । माघ सङ्क्रान्तिदेखि असार मसान्तसम्म रहने उत्तरायण अवधिमा दिन लामा र रात छोटा हुने गर्छन् । मिथिलामा बसोबास गर्ने आदिवासी थारु समुदायको तिलासक्रायत मुख्य पर्व हो । पश्चिमका थारु समुदायको सिको गर्दै यहाँ पनि यस पर्वलाई ‘माघी’ भन्न थालिएको छ । यसै दिन थारुको नयाँ वर्ष प्रारम्भ हुन्छ । थारु समुदायको मुख्य पर्व हुँदा यसको विशेष तयारी हुने गर्छ । थारु परम्परामा मासुका विभिन्न परिकार खाने खुवाउने चलन छ । यसैगरी पर्वते मूलका मगर पनि माघेसङ्क्रान्तिलाई मुख्य पर्वका रुपमा मनाउँछन् । मिथिलामा तिलासक्रायत पर्वको सनेस (कोसेली) छोरीचेली, मितमितिनी र इष्टमित्रकहाँ पु¥याउने पर्व मनाएसँगै केही दिन यो क्रम चल्छ । सख्खर, तील, घ्यूजस्ता परिकार खाने चलन छ ।


Author

थप समाचार
x