जात्रा-पर्व

वसन्तपुरमा अञ्जली दिदीको सामूहिक भाइटीका

इकागज |
कात्तिक २९, २०८० बुधबार १५:३९ बजे

काठमाडौँ- हरेक वर्षको भाइटीका झैं यो वर्ष पनि अञ्जली दिदीले सामूहिक भाइटीका लगाइदिएकी छिन् । काठमाडौँमा २०५५ सालदेखि नै सामूहिक रूपमा  भाइटीका लगाउँदै आएकी ताहाचलकी अञ्जली दिदीले विगत वर्षहरू झैं यस वर्ष पनि सामूहिक रूपमा भाइटीका लगाइदिएकी हुन् ।

काठमाडौँको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा आज (बुधबार) उनले सयौँको संख्यामा सामूहिक भाइटीका लगाइदिइन् । अञ्जली दिदीले तिहारको अवसरमा भाइटीका लगाइदिएको यस वर्षसँगै २५ वर्ष पूरा भएको छ । 



Author

थप समाचार
x