जात्रा-पर्व

राष्ट्रपति पौडेलले लगाए बहिनीहरू शारदा र चन्दाको हातबाट भाइटीका

इकागज |
कात्तिक २९, २०८० बुधबार १२:१६ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् ।

राष्ट्रपति निवास शीलतनिवासमा आज बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा उहाँले बहिनीहरूबाट टीका ग्रहण गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 


नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत  बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।


Author

थप समाचार
x