जात्रा-पर्व

आज पनि लगाइँदै बडादसैँको टीका र जमरा

इकागज |
कात्तिक ९, २०८० बिहीबार ९:१४ बजे

काठमाडौँ- आज बिहीबार बडादसैँकाे तेस्राे दिन पनि आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाइँदै छ । दसैँको टीकाको दिन आफन्तकहाँ जान नभ्याएकाले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा र आशीर्वाद लिन जाने गर्दछन् ।

मङ्गलबारदेखि पूर्णिमासम्म मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा टीकाका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।


गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि दसैँ सुरु भएको हो । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो दसैँ पर्व समाप्त हुन्छ ।


Author

थप समाचार
x