जात्रा-पर्व

आज दशैँको सातौँ दिन, घर-घरमा फुलपाती भित्र्याइँदै

इकागज |
कात्तिक ४, २०८० शनिबार ६:१५ बजे

काठमाडौँ- बडादशैंको सातौं दिन अर्थात फुलपाती । आज बडादशैंको महत्वपूर्ण दिन पनि हो ।

घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्राउने चलन छ । कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै घरघरमा फुलपाती भित्र्याईन्छ ।


दसैंघरमा उखु, केरा, बेलपत्र, दारिम, अशोक, धान र जयन्तीको बोटका साथै नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्राउने गरिन्छ ।

काठमाडौको वसन्तपुरमा गोरखा दरबारको दसैंघरबाट ल्याइएको फुलपाती परम्परा अनुसार नै आजै भित्राईन्छ ।


Author

थप समाचार
x