फेसन

‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ छानिने

इकागज |
असार १८, २०८० सोमबार १३:३९ बजे

काठमाडौंँ - ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ आयोजना हुने भएको छ । सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको तर्फबाट प्रतियोगी चयन गर्ने उदेस्यले यो प्रतियोगीता आयोजना हुन लागेको हो ।

प्रतियोगिताको उपाधि विजेता मिस तथा मिसेस् दुवै जनाले ईप्लानेट सिंगापुरको आयोजनामा आगामी नोभेम्बर महिनामा थाइल्याण्डमा संचालन हुने ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् ।‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’को  नेपालमा आयोजना ग्रीन आर्टस् मिडिया प्रा.लिले गर्न लागेको हो । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ‘हेरिटेज पेजेन्टस्’का आयोजक संस्था ईप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले ग्रीन आर्टस् मिडियाकी अनिला श्रेष्ठलाई प्रतियोगीताको लागि आधिकारिकता प्रदान गर्दै आयोजनाका लागि आधिकारिक प्रमाण पत्र दिए ।


ईप्लानेटले फेसन कोरियोग्राफर समेत रहेकी अनिला श्रेष्ठलाई प्रतियोगिताका लागि नेपालका राष्ट्रिय निर्देशक समेत चयन गरेको छ । यसअघि आधिकारिक कार्यक्रमको आयोजना नगरी अडिसनबाट ‘हेरिटेज पेजेन्टस्’का लागि प्रतियोगी छनौट गरि लैजाने गरिएकोमा अबदेखि कार्यक्रम सहित प्रतियोगी चून्न लागेको हो ।
सन् २०१६देखि नियमित नेपालको सहभागीता रहँदै आएको कार्यक्रममा गतबर्ष अर्थात २०२२ मा माग्रीन आर्टस् मिडिया मार्फत् परिन्दा परि श्रेष्ठले मिसेस् हेरिटेज नेपाल र परिसा रानाभाटले मिस हेरिटेज नेपालको रुपमा नेपालको तर्फबाट सहभागीता जनाएका थिए । जसमा परिन्दाले मिसेस् एलिगेन्स र परिसाले मिस मल्टिमिडियाको उपाधि नेपाल भित्र्याएका थिए ।


Author

थप समाचार
x