वातावरण

बागमती र कोशीमा मेघगर्जन र हावाहुरीसहित वर्षा हुने

इकागज |
जेठ १९, २०८१ शनिबार ६:३१ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपालमा स्थानीय वायु,  पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्या्ङ्ग हावाहुरीसहित हल्का वर्षा भैरहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। 

कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी  पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्या्ङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

 कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भने कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सफा रहने छ। 

कोशी , मधेश  र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा  बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 


Author

थप समाचार
x