वातावरण

काठमाडौँमा पानी पर्न थाल्यो (फोटो /भिडियो)

इकागज |
जेठ १३, २०८१ आइतबार ११:२६ बजे

फोटो: शुरज थपलिया

काठमाडौँ । काठमाडौँमा पानी पर्न सुरु गरेको छ । केही दिनदेखि बढेको गर्मीलाई पानी परेर राहत मिलेको छ । मौसमविद् चिरञ्जीवी भेटवालका अनुसार काठमाडौँमा भरे साँझसम्म पानी आउने रोकिने क्रम जारी रहने बताए ।

'अहिले मध्यम वर्षा भइरहेको छ', उनले भने, 'यो क्रम भरेसम्मै रहन्छ ।' बागमतीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उनले जानकारी दिए । गण्डकीका एक दुई स्थान र लुम्बिनीका थोरै स्थानमा पानी पर्ने उनले बताए ।


पश्चिम, पूर्व र मध्यपश्चिमतिर तातो हावाकाे लहर रहेको उनले जानकारी दिए । 

हेर्नुहोस् भिडियो :–


Author

थप समाचार
x