वातावरण

काठमाडौँमा छिटपुट वर्षाको सम्भावना

इकागज |
फागुन १५, २०८० मंगलबार १७:३६ बजे

काठमाडौँ- काठमाडौँ उपत्यकामा मौसम बदली भएसँगै छिटपुट वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभावका कारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौँसहित देशका केही स्थानमा बदली भएको हो । 


मंगलबार साँझ र राति कतैकतै छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । जलवाष्पयुक्त हावाको पर्याप्त प्रभाव नहुँदा वर्षाको धेरै सम्भावना भने छैन । काठमाडौँमा भोलि र पर्सिको मौसम सामान्य रहने महाशाखाले जनाएको छ ।


Author

थप समाचार
x