वातावरण

बर्दिवास नगरपालिकामा अवैध उत्खननमा संलग्न ११ वटा टिपर र जेसिवी नियन्त्रणमा

इकागज |
पुस २९, २०८० आइतबार ८:३७ बजे

महोत्तरी - महोत्तरीको उत्तरी क्षेत्र बर्दिवास नगरपालिकामा चुरे तथा रातु नदीमा अनियन्त्रित र अनुचित उत्खननमा संलग्न टीपर र जेसिवीलाई नियन्त्रणमा लिइएको छ । 

राजस्व छली गर्दै अवैध दोहन भएको चर्को विरोध भइरहेकै बेला दुई दिनभित्र ११ वटा टिपर र जेसिवीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 


बर्दिवास-४ स्थित चेरुको निजी जग्गाबाट मापदण्ड विपरीत उत्खनन भएको आरोपमा माटो ओसारपसार गरिरहेका ११ वटा टिपर पक्राउ परेको २४ घण्टा नबित्दै बर्दिवास-७ बाट आइतबार एउटा जेसिवी र टिपरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा अस्थायी प्रहरी पोष्ट माईस्थानबाट खटिएको प्रहरी टोलीले अवैध उत्खनन र  स्टोक प्रमाणित नरहेको उक्त जेसिवी र टिपर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोककृष्ण अधिकारीले जानकारी दिए ।

 

 


Author

थप समाचार
x