वातावरण

राप्ती र नारायणी नदीमा गरी २६५ घडीयाल गोही

इकागज |
पुस १७, २०८० मंगलबार १७:५० बजे

फाइल फोटो

काठमाडौँ - अतिसकंटापन्न अवस्थामा रहेको घडीयाल गोहीको सख्या चितवनमा वृद्धि भएको छ । 

मसिर १ बाट शुरु गरेको घडीयाल गोही अनुगमनले नारायणी नदी र राप्ती नदीमा घडीयाल गोही वृद्धि भएको देखाएको हो । नदीमा मानवीय चाप र प्रदुषणका कारण घडीयाल गोही संकटमा पर्दै गएको छ । १५ दिन लगाएर गरेको अनुगमनले नारायणी नदीमा भन्दा राप्ती नदीमा घडीयाल गोहीको संख्या बढी भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेस प्रसाद तिवारीले बताए । 


चितवन राष्ट्रिय निकुञ्ज घडीयाल प्रजनन् केन्द्रकी सरक्षण अधिकृत सुजिता श्रेष्ठको नेतृत्वमा राष्ट्रिय प्रकृति सरक्षण कोष सहित १० जनाको समूहले अनुगमन गरेको बताए । 

अनुगमनको क्रममा नारायणी नदीमा १ सय १३ र राप्ती नदीमा १ सय ५२ वटासहित २ सय ६५ वटा घडीयाल गोही फेला परेको जनाएको छ ।

अनुगमनको क्रममा नारायणी नदीमा ३ भाले र राप्ती नदीमा ३ भाले घडीयाल गोही फेला परेको छ । नारायणी र राप्ती नदीमा घडीयालको भाले गोही नदेखिए पछि बर्दीया राष्ट्रिय निकुञ्ज बाट १ भाले गोही ल्याएर नारायणी नदीमा छाडिएको थियो ।

नारायणी र राप्ती नदीमा भाले गोहीको संख्या राम्रो देखिएपछि संरक्षणकर्मीहरु उत्साहित भएका छन् । अनुगमनको क्रममा नारायणी नदीमा ३ वटा डल्फीन पनि देखिएको निकुञ्जले जनाएको छ ।

घडीयाल गोहीको संख्या प्राकृतिक बासस्थानमा घट्दै गएपछि चितवन राष्ट्रिय निकुञ्ज कसरामा घडीयाल प्रजनन् केन्द्रले हालसम्म नारायणी राप्ती लगायतका विभिन्न नदीहरुमा १ हजार ८ सय ६२ वटा घडीयाल गोही छाडिसकेको छ । घडीयाल गोही अनुगमन भन्दा अगाडि नारायणी र राप्ती नदीमा २ सय ३९ वटा गोही रहेको थियो ।  


Author

थप समाचार
x