वातावरण

कोशी, बागमती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

इकागज |
पुस ११, २०८० बुधबार ६:२८ बजे

फाइल फोटो

काठमाडौं -  हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। 


दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राती भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

 देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।


Author

थप समाचार
x