वातावरण

खोला किनारमा चितुवा मृत फेला

इकागज |
असार १७, २०८० आइतबार १७:२१ बजे

दार्चुला -लेकम गाउँपालिका–१ दानुगाड खोला किनारमा आज चितुवा मृत फेला परेको छ । 

स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि जिल्ला प्रहरी कार्यालयलाई  खबर गरेका थिए । खबर पाएपछि डिभिजन वन कार्यालयका  कर्मचारी र प्रहरीको टोली  घटनास्थलमा गएको वन कार्यालयका निमित्त प्रमुख प्रमानन्द कुँवरले जानकारी दिए । 


घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । 
रासस


Author

थप समाचार
x