वातावरण

काठमाडौँबाट आज २८४ ट्रक फोहोर उठ्यो

इकागज |
भदौ २, २०७९ बिहीबार २०:० बजे

 काठमाडौँ - काठमाडौँ महानगरपालिकाले आज २८४ ट्रक फोहोर उठेको छ । महानगरपालिकाका मेयर बालेन शाहले सडकमा भएको अवरोध हटेको र आज २८४ ट्रक फोहोर उठेको जानकारी दिए । 

उनले आफूहरूसँग सिमित स्रोत र साधन भएकाले ट्रिपर, ट्रक जस्ता ठूला मेसिनरीका व्यवसायीहरूलाई सहयोगको आग्रह समेत गरेका छन् । आज फोहोर ढुवानी गर्न सहयोग गर्ने समानान्तर र नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंघलाई पनि उनले आभार व्यक्त गरेका छन् । 


समानान्तरले आज ३० वठा र राष्ट्रिय महासंघले १८ वटा ट्रिपर फोहोर बोक्नका लागि उपलबध गराएका थिए । 


Author

थप समाचार
x