उद्यम

शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो

इकागज |
पुस १४, २०८० शनिबार १७:४८ बजे

सांकेतिक तस्बिर

अर्घाखाँची- ​नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकामा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ । 

शितगङ्गा नगरपालिका-८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना वापतको रु ४७ करोड बक्यौता नतिरेपछि गत रातिदेखि लाइन काटिएको विद्युत् प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए । डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरे वापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ । रासस



Author

थप समाचार
x