उद्यम

'सरकारले घाटाको बजेट बनाउने गरेकाले भुक्तानी सन्तुलन बिग्रने गरेको छ'

इकागज |
साउन २, २०८० मंगलबार १७:४३ बजे

काठमाडाैँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सरकारले घाटाको बजेट बनाउने गरेकाले भुक्तानी सन्तुलन बिग्रने गरेको खुलासा गरेका छन् । सचिव शर्माले राज्यको ढुकुटीमा पैसा भएरभन्दा पनि राजस्व, वैदेशिक ऋणमाथि भर परेर बजेट आउने गरेकाले भुक्तानी समयमै हुन नसकेको बताएका हुन्  ।

मंगलबार काठमाडौंमा आयोजित ‘विकास खर्चको वर्तमान अवस्था र पूर्वाधार विकासमा देखिएका चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले बजेट आफैँ घाटामा आउने गरेकाले विकास आयोजनाहरूका लागि सरकारले समयमै भुक्तानी गर्न नसकेको पनि स्पष्ट पारे ।


त्यसको जवाफ दिने क्रममा सचिव शर्माले राज्यको ढुकुटीमा बजेट नभएको कारण भुक्तानीमा समस्या भएको जानकारी दिए । उनले अहिले पनि राजस्व र वैदेशिक ऋण प्रक्षेपण गरिएका अनुसार आउन नसकेका कारण विकास आयोजनाहरूको भुक्तानीमा झनै समस्या बढेर जाने अवस्था रहेको बताए ।

सचिव शर्माले वैदेशिक ऋण ल्याउने काममा ढिलाइ भएका कारण विकास खर्च आर्थिक वर्षको अन्त्य जेठ, असारमा आएर मात्रै हुने गरेको समेत बताएका छन् ।

उनले यसमा एउटा पक्षले अर्को पक्षलाई दोष गराउने काम गर्न नमिल्ने समेत बताएका छन् । 

 


Author

थप समाचार
x