ऊर्जा

त्रिशुली-थ्री ‘बी’को ठेक्कामा ६ कम्पनीको प्राविधिक प्रस्ताव पास, कसले पाउला ठेक्का ?

इकागज |
जेठ १२, २०८१ शनिबार ८:९ बजे

काठमाडौँ- चिनियाँ कम्पनीले अलपत्र पारेको त्रिशुली जलविद्युत कम्पनीले त्रिशुली-थ्री ‘बी’ जलविद्युत् आयोजनाको सिभिल संरचना निर्माणका लागि निकालेको ठेक्कामा ६ वटा कम्पनी प्राविधिक प्रस्तावमा पास भएका छन् ।

आवेदन दिएकामध्ये ६ वटा कम्पनी वाइबा इन्फ्राटेक प्रालि, हाई हिमालयन हाइड्रो कन्स्ट्रक्सन प्रालि, साई/आरएससी जेभी,सीई कन्स्ट्रक्सन, तुण्डी कन्स्ट्रक्सन प्रालि र फेवा कन्स्ट्रक्सन प्राविधिक प्रस्तावमा पास भएका हुन् ।


 कम कबोल गर्ने कम्पनीले जेठ १८ गते त्रिशुली जलविद्युत्‌ कम्पनी लिमिटेडको कार्यालयमा वित्तीय प्रस्ताव खोल्दा ठेक्का पाउने छ ।

३७ मेगावाट जडित क्षमता भएको आयोजनाको निर्माणको ठेक्का चिनियाँ कम्पनी सिचुआन एएनएचईले पाएको थियो । तर कोभिड-१९ को कारण केहि समय काम हुन सकेन । 

८ अर्ब २२ करोड रुपैयाँ लागतमा बन्दै गरेको आयोजनाको काम करिब ६६ प्रतिशत सकिएको छ ।


Author

थप समाचार
x