ऊर्जा

नुवाकोटका यी क्षेत्रमा आज बन्द हुँदै बिजुली

इकागज |
फागुन २८, २०८० सोमबार ९:५ बजे

फाइल तस्बिर

काठमाडौँ- आज नुवाकोटका केहि क्षेत्रमा विद्युत सेवा बन्द हुने भएको छ । Busbar Shutdown गरी 66/11 KV Transformer Bay Charge तथा 66KV Bus PT Connection को कामको लागि विद्युत्‌ सेवा बन्द हुने नेपाल विद्यत प्राधिकरण नुवाकोट वितरण केन्द्र त्रिशुली जनाएको छ ।

नुवाकोट वितरण केन्द्र अन्तर्गत त्रिशुली सवस्टेशनबाट वितरित सम्पूर्ण ११ के.भी. फिडरहरू आज बिहान ११:३० बजेदेखि दिउँसो ३:३० बजेसम्मका विदुर नगरपालिका, किस्पाङ गाउँपालिका र म्यागङ गाउँपालिकाका सबै क्षेत्र र लिखु गाउँपालिका र सुर्यगढी गाउँपालिकाका केही भागहरूमा विद्युत आपुर्ति बन्द हुने जनाएको छ ।


त्यस्तै तोकिएको समय अगावै लाइन चालु हुने बताइएको छ ।


Author

थप समाचार
x