ऊर्जा

काठमाडौँ र ललितपुरको कहाँ-कहाँ अवरूद्ध हुँदैछ बिजुली ?

इकागज |
मंसिर ३०, २०८० शनिबार ९:७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार ट्रान्सफर्मर स्तरोन्नति गर्न लागेकाले काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्न लागेको हो ।

काठमाडौँको महाराजगञ्ज वितरण केन्द्रको हेपाली फिडरअन्तर्गत पर्ने हेपाली हाइट, देउराली जनता, कुँवर कोलोनी, कृष्ण मन्दिर हुँदै ग्रीनल्याण्ड चोक, इशान हस्पिटल क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ । यी स्थानहरूमा आज बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकारणले जनाएको छ ।


त्यस्तै ललितपुरको पुल्चोक वितरण केन्द्रको रिङरोड फिडरअन्तर्गत पर्ने नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबीघाट, नयाँ बाटो, सनराइज टावर, आफल्डोल एरियामा पनि विद्युत् अवरूद्ध हुनेछ ।

प्राधिकारणका अनुसार टेकु सबस्टेशन १३२ केभीमा स्तरोन्नती गर्न लागेकाले आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत्‌ अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । 


Author

थप समाचार
x