रोजगारी

रोजगारका लागि कोरिया पठाउन सरकारसमक्ष रिटर्नीहरूकाे माग

इकागज |
साउन ८, २०८० सोमबार १८:५९ बजे

काठमाडौँ- कोरिया रिटर्नीहरूले आफूहरूलाई तुरुन्त रोजगारका लागि कोरिया पठाउन सरकारसमक्ष माग गरेका छन् ।

सोमबार काठमाडौँमा प्रदर्शन गर्दै उनीहरूले ईपिएसको नयाँ भाषा परीक्षा रोकेर आफूहरूलाई रोजगारका लागि पठाउन माग गरेका हुन् । उनीहरूले सरकारले कोरिया रिटर्नीहरूलाई विभेदकारी व्यवहार गरेको आरोप लगाए ।


प्रदर्शनपछि आयोजित पत्रकार सम्मेलनमा कोरिया रिटर्नीका संयोजक नविनकुमार राईले अहिले खुलाइएको भाषा परीक्षा तत्काल बन्द गरेर रिटर्नीहरूलाई पठाउनुपर्ने बताए । आफूहरूले पहिला काम गरेको कम्पनीमा फाइल पठाउनका लागि पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको उनको भनाइ छ । उनले नयाँ भाषा परीक्षाका लागि खुलाइएको फर्मको सूचना तुरुन्त नहटाए एचआरडी नेपाल, वैदेशिक रोजगार विभाग र आवश्यक परे कोरियन दूतावास घेर्नेसमेत चेतावनी दिए ।

राईले भाषा परीक्षामा सहभागी भएर, सम्पूर्ण प्रक्रियाहरू पूरा गरी कोरिया जाने अन्तिम चरणमा रहे पनि आफूहरूलाई रोजगारको प्रक्रियामा समावेश नगरिएको भन्दै आपत्ति जनाए ।

त्यस्तै कोरिया रिटर्नी टेकबहादुर थापाले ईपिएस सिस्टममा आफूहरूलाई विभेद गरिएको बताए ।


Author

थप समाचार
x