स्थानीय तह निर्वाचन २०७९

पोखरामा पुनः मतगणना सुरु

इकागज |
जेठ १०, २०७९ मंगलबार १९:२८ बजे

पाेखरा- पाेखरा महानगरमा मंगलबार दिउँसाेदेखि स्थगित भएकाे मतगणना पुनः सुचारु भएकाे छ । पोखरा महानगरपालिका १८ मा खसेकाे मत र गणना भएकाे मतपत्र अपुग भएपछि मतगणना रोकिएको थियो ।

पाेखरा १८ का एमालेका उम्मेदवारले पुनः मतगणनाकाे माग राखेपछि पोखरा २२, ३२ र ३३ को जारी मतगणना रोकिएकाे थियाे । पाेखरा १८ काे निवेदनमा कार्यालय गम्भीर रहेकाे र यस विषयमा थप कारवाहीका लागि कार्यालय प्रतिवद्ध हुने सहमति पछि पुनः मतगणना सुचारु हुने भएकाे मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराइले जानकारी दिए ।


केही समय मै मतगणना हुन बाँकी वडाकाे गणना सुरु हुने उनले बताए। पाेखरा १८ काे हकमा निवेदन परिसकेपछि कानुनी प्रक्रियामा जाने उनकाे भनाई थियाे । अहिलेसम्म पोखराका १ लाख ३९ हजार ४ सय ११ मत गणना भएको छ । पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । अब ३ हजार ८ सय १५ मत गणना गर्न बाँकी रहेको छ ।


Author

थप समाचार
x