स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा ११ हजार ६५५ मत गणना बाँकी हुँदा बिजयभन्दा रेनु ११ हजार ३७२ मतले अगाडि

इकागज |
जेठ ९, २०७९ सोमबार १८:४६ बजे

चितवन- भरतपुर महानगरपालिकामा १ लाख १५ हजार ९ सय ११ मत गणना हुँदा नेकपा माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले ४६ हजार ८ सय ९९ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार बिजय सुवेदीले ३५ हजार ५ सय २७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २ सय १५ मत ल्याएका छन् ।


सुवेदी भन्दा दाहाल ११ हजार ३ सय ७२ मतले अगाडि छिन् । महानगरमा ११ हजार ६ सय ५५ मत गणना गर्न बाँकी छ ।

त्यस्तै नेपाली कांग्रेसका उपमेयर चित्र सेन अधिकारीले ४७ हजार ८ सय ४ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले २७ हजार ८ सय ६६ मत ल्याएका छन् ।

महानगरमा २९ वडा छन् । निर्वाचनमा कूल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेका छन् । कूल मतदाताको ६८ दशमलव ६८ प्रतिशत छन् ।


Author

थप समाचार
x