स्थानीय तह निर्वाचन २०७९

निर्वाचनमा कांग्रेसले ठूलो सफलता हासिल गरेको छः कांग्रेस

इकागज |
जेठ ९, २०७९ सोमबार १६:११ बजे

काठमाडौं – सत्तासीन दल नेपाली कांग्रेसले गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले ठूलो सफलता हासिल गरेको बताएको छ । सोमबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले निर्वाचनमा धेरै ठूलो सफलता प्राप्त गरेको बताएका हुन् । 
उनले निर्वाचनको मतपरिणाम सन्तोषजनक भएको पनि बताएका छन् ।

‘समग्रमा यो निर्वाचनको परिणाम हामीले सन्तोषजनक रूपमा लिएका छौँ,’ उनले भने,‘नेपाली कांग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छ । र तालमेल सहित हामीले निर्वाचनको परिणामलाई हेर्ने हो भने, सहयोगी दलले पनि उल्लेख्य सफलता हासिल गरेको हामीले महसुस गरेका छौँ ।’
प्रवक्ता महतले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित सम्पन्न भएको बताए । 


‘जहिले जहिले कांग्रेसले निर्वाचन गर्छ हामीले निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सहयोग गरेका छौ,’ प्रवक्ता महतको दाबी थियो, ‘चाहे २०१५ सालमा होस, २०४८ सालको होस, ०५१, ०५६, ०६४, ०७४ होस् वा अहिलेको हामीले निष्पक्ष चुनाव गराएका छौँ ।’

एमालेको कार्यकालमा भएको २०७४ को निर्वाचनमा भने व्यापक धाँधली भएको उनले आरोप लगाए । 
 


Author

थप समाचार
x