स्थानीय तह निर्वाचन २०७९

पोखरामा लौरोका गनेसले २८९६ मत ल्याउँदा कसको कति ?

इकागज |
जेठ ९, २०७९ सोमबार १५:३८ बजे

फाइल तस्‍बिर

पोखरा– स्थानीय तह निर्वाचन अन्तरगत केही स्थानीय तहको मात्रै मत परिणाम आउन बाँकी छ । अहिलेसम्म नेपाली कांग्रेसले धेरै पालिका जितेको छ । उसलाई एमालेले पछ्याइरहेको छ । 

यसपटक स्वतन्त्र उम्मेदवारसमेत हावी भएका छन् । काठमाडौंमा बालेन शाहको अग्रता कायमै छ । धनगढीमा गोपाल हमालले र धरानमा हर्क राइ स्वतन्त्रबाट विजयी भइसकेका छन् ।
उम्मेदवारी दर्ताका समयमा लोकप्रिय बनेका गनेस पौडेलले पनि पोखराबाट स्वतन्त्रमा उम्मेदवारी दिएका छन् । यहाँ हालसम्म १२८३१७ मत गणना गरिसकिएको छ । जसमध्ये गनेसले २८९६ मत प्राप्त गरेका छन् । 
 


अरु कसको मत कति ?

मेयर धनराज आचार्य, कलम – ५१८८१

कृष्ण थापा , सूर्य ४७५७१

श‌ंकर खराल, हलो – ५४३४

खडकराज पौडेल गनेस , लौरो – २८९६

उपमेयर कोपिला रानाभाट, रुख – ५०६२६

मञ्जुदेवी गुरुङ्ग, सूर्य – ५४३२८

रन्जना कुमारी सेन पौडेल,हलो – ५४३०


Author

थप समाचार
x