स्थानीय तह निर्वाचन २०७९

पाेखरा महानगरमा एक मात्र महिला वडाध्यक्ष

इकागज |
जेठ ९, २०७९ सोमबार १५:२४ बजे

पाेखरा- पोखरा महानगरपालिकाले आगामी पाँच वर्षका लागि महिला वडाध्यक्ष पाएकाे छ । पाेखरा १७ को वडा अध्यक्षमा निर्वाचित हुँदै नेकपा एमालेकी राधिकाकुमारी शाही एकमात्र महिला वडा अध्यक्ष बनेकी छिन् ।

शाहीले नेपाली कांग्रेसका देवराज आचार्यलाई ८३ मत पराजित गरेकी हुन् । शाहीले २ हजार ६ सय २५ मत प्राप्त गर्दा आचार्यले २ हजार ५ सय ४२ मत ल्याए। पाेखरा १७ मा शाहीकाे नेतृत्वमा नेकपा एमालेको प्यानल विजयी बनेको हाे । उक्त टिमको सदस्यमा विक्रम गुरुङ र शिवराम भण्डारी विजयी भए ।


यसैगरी महिला सदस्यमा विष्णुकुमारी थापा र दलित महिला सदस्यमा तारा परियार विजयी भएकी छिन् । नेपाली कांग्रेसबाट पाेखरा १ मा सिता गुरुङ, ८ मा शारदा गिरी र एमालेबाट १० मा पवित्रा गुरुङ उम्मेदवार थिइन् । उनीहरु पराजित भइसकेका छन् ।


Author

थप समाचार
x