स्थानीय तह निर्वाचन २०७९

तुलसीपुरको मेयर र उपमेयर दुवैमा एमाले अगाडि, यस्तो छ पछिल्लो अपडेट

इकागज |
जेठ ९, २०७९ सोमबार १४:६ बजे

काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेले अग्रता कायम लिइरहेको छ । 

मेयरमा एमालेका उम्मेदवार टिकाराम खड्का २१ हजार १५९ मतसहित अग्रस्थानमा छन् । उनलाई कांग्रेसका गेहेन्द्र गिरीले १९ हजार २ सय ८२ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरूबीच १८७७ मतको अन्तर छ ।


यस्तै, उपमेयरमा एमालेकी स्यानी चौधरीले २० हजार ६१३ मत ल्याएकी छन् । भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी जोगबहादुर राणाले १४२९७ मत ल्याएका छन् । उनीहरूबीच ६३१६ मत अन्तर छ ।


Author

थप समाचार
x