स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेनु विजय नजिक

इकागज |
जेठ ९, २०७९ सोमबार १३:४१ बजे

चितवन- भरतपुर महानगरपालिकामा १ लाख १२  हजार ६ सय ७६ मत गणना हुँदा नेकपा माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले ४५ हजार ३ सय ८९ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ८ सय २२ मत ल्याएका छन् ।


सुवेदी भन्दा दाहाल १० हजार ६ सय ५१ मतले अगाडि छिन् । महानगरमा अब १४ हजार ८ सय ९० मत गणना गर्न बाँकी छ । १४ हजार मत गणना बाँकी हुँदा रेनुको जित निश्चित भएको छ ।

त्यस्तै नेपाली कांग्रेसका उपमेयर चित्रसेन अधिकारीले ४६ हजार ४ सय ७१ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले २७ हजार ४ सय ४ मत ल्याएका छन् ।

महानगरमा २९ वडा छन् । निर्वाचनमा कूल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेका छन् । कूल मतदाताको ६८ दशमलव ६८ प्रतिशत छन् ।

 

 


Author

थप समाचार
x