स्थानीय तह निर्वाचन २०७९

झापाको गौरादहमा एमाले विजयी

इकागज |
जेठ ९, २०७९ सोमबार १२:४९ बजे

काठमाडौं–झापाको गौरादह नगरपालिकामा एमाले मेयर र उपमेयर दुवै पद जितेको छ । मेयर पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी र उपमेयर पदमा जलवर्षा राजवंशी विजयी भएकी हुन् ।

मेयर पदमा निर्वाचित सुवेदीले १२ हजार ८ सय ४९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका रोहितकुमार शाहले ११ हजार ४ सय ८४ मत ल्याए ।


यस्तै उपमेयरमा निर्वाचित राजवंशीले ११ हजार ९ सय १४ मत ल्याएकी छिन् । उनका प्रतिस्पर्धी माओवादीका पुष्पलाल ढकालले १० हजार ४ सय ३८ मत ल्याए । 
 


Author

थप समाचार
x