स्थानीय तह निर्वाचन २०७९

तनहुँको व्यास नगरपालिकामा कांग्रेस विजयी, एमाले-जोशी समूह पराजित

मेयरमा बैकुण्ठ न्यौपाने दोहोरिए

इकागज |
जेठ ९, २०७९ सोमबार ६:४१ बजे

काठमाडौँ - तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका बैकुण्ठ न्यौपाने र उपमेयर पदमा इन्दिरा दरै विजयी भएका हुन् । न्यौपाने निवर्तमान मेयर हुन् । उनी पुन: दोहोरिएका छन् । 

निर्वाचन आयोगका अनुसार मेयरमा विजयी न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरे । अर्का प्रत्यासी दीपकराज जोशीले ११ हजार ८२६ मत गरे । 


उपमेयरमा कांग्रेसकी इन्दिरा दरै १३ हजार ४९८ मतसहित विजयी हुँदा नेकपा एमालेकी बसुन्धरा घर्तीले १ हजार ४२ मत पाइन् ।

नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपकराजले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । उनलाई नेकपा एमालेले सघाएको थियो ।

 


Author

थप समाचार
x