स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेनुले ३८ हजार ७ सय ८ पाउँदा विजयले कति मत पाए ?

इकागज |
जेठ ८, २०७९ आइतबार १७:३८ बजे

चितवन- भरतपुर महानगरपालिकामा ९८ हजार १ सय ७ मत गणना हुँदा नेकपा माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले ३८ हजार ७ सय ८ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार १ सय ९२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ६ सय ४८ मत ल्याएका छन् ।


सुवेदी भन्दा दाहाल ८ हजार ५ सय १६ मतले अगाडि छिन् ।

त्यस्तै नेपाली कांग्रेसका उपमेयर चित्रसेन अधिकारीले ४० हजार ९ सय ४९ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले २३ हजार ८ सय ९८ मत ल्याएका छन् ।

महानगरमा २९ वडा छन् । निर्वाचनमा कूल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेका छन् । कूल मतदाताको ६८ दशमलव ६८ प्रतिशत छन् ।

 

 


Author

थप समाचार
x