स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेनुले ३७ हजार ४६८ मत पाउँदा उपमेयर अधिकारीले कति मत पाए ?

इकागज |
जेठ ८, २०७९ आइतबार १६:२ बजे

चितवन- भरतपुर महनगरपालिकामा ९५ हजार ३ सय ११ मत गणना हुँदा नेकपा माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले ३७ हजार ४ सय ६८ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार बिजय सुवेदीले २९ हजार ३ सय १४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३ सय १५ मत ल्याएका छन् ।


सुवेदी भन्दा दाहाल ८ हजार १ सय ५४ मतले अगाडि छिन् ।

त्यस्तै नेपाली कांग्रेसका उपमेयर चित्रसेन अधिकारीले ३९ हजार ६ सय ३९ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले २३ हजार ९ सय १२ मत ल्याएका छन् ।

महानगरमा २९ वडा छन् । निर्वचनमा कूल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेका छन् । कूल मतदाताको ६८ दशमलव ६८ प्रतिशत छन् ।


Author

थप समाचार
x