स्थानीय तह निर्वाचन २०७९

पाेखरामा धनराजलाई ३ हजार ४ सय १३ मतको अग्रता

इकागज |
जेठ ८, २०७९ आइतबार १५:२ बजे

पोखरा- पोखरा महानगरपालिकामा १ लाख ५ हजार ८ सय ६२ मत गणना हुँदा मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ अगाडि छिन् । मेयरमा आचार्य ३ हजार ४ सय १३ मतको अग्रतामा रहेका छन् ।

उनले ४२ हजार ३ सय ४८ मत प्राप्त गर्दा एमालेका कृष्ण थापाले ३८ हजार ९ सय ३५ मत प्राप्त गरे । मेयरमै राप्रपाका शंकर खरालले ४ हजार ७ सय ४७ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ६ सय ७७ मत ल्याएका छन् ।


उपमेयरमा एमालेकी मञ्जुले १ हजार ७ सय ६७ मतको अग्रता लिएकी छिन् । गुरुङले ४४ हजार ३ सय १ मत प्राप्त गर्दा गठबन्धनकी कोपिला रानाभाटले ४२ हजार ५ सय ३४ मत प्राप्त गरिन् । भने राप्रपाकी ४ हजार ६ सय ८३ मत ल्याईन् ।


Author

थप समाचार
x