Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

स्थानीय तह निर्वाचन २०७९

शुक्लाफाँटा नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेस विजयी

इकागज |
जेठ ८, २०७९ आइतबार १४:२३ बजे

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित भएका छन् । आज सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा नगरप्रमुखमा निर्वाचित भएका हुन् ।    
    
महराले छ हजार ७७३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भट्टले छ हजार २६४ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगरप्रमुखमा नेकपा माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार नवराज ऐरले पाँच हजार २२५ मत प्राप्त गरे।

शुक्लाफाँटाको नगर उपप्रमुखका नेपाली कांग्रेसका कल्पना जोशी पन्त निर्वाचित भइन् । उनले छ हजार ५१९ मत प्राप्त गरिन् ।    


त्यसैगरी उप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले पाँच हजार ३६० र एमालेका उम्मेदवार मोनिका भण्डारी भट्टले पाँच हजार २३६ मत प्राप्त गरिन् । अघिल्लो निर्वाचनमा शुक्लाफाँटामा नगरप्रमुखमा नेपाली कांग्रेसका दिलबहादुर ऐर र उपप्रमुखमा एमालेका तुलसी हमाल निर्वाचित भएका थिए ।    
    
नौ पालिका रहेको कञ्चनपुरमा हालसम्म तीन पालिकामा नेपाली कांग्रेस, तीनमा एमाले र एउटा पालिकामा माओवादी केन्द्र विजयी भएको छ । यहाँको भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकामा मतगणना जारी रहदा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।    
 


Author

थप समाचार
x