स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेनुले ३७ हजार २७ मत पाउँदा जगन्‍नाथले कति पाए ?

इकागज |
जेठ ८, २०७९ आइतबार १३:५३ बजे

चितवन - भरतपुर महनगरपालिकामा ३३ हजार ३ सय ३४ मत गणना बाँकी हुँदा नेकपा माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले ३७ हजार २७ मत प्राप्त गरेकी छन् । महानगरमा हालसम्म ९४ हजार २ सय ३२ मत गणना भइसकेको छ।

नेकपा एमालेका उम्मेदवार बिजय सुवेदीले २८ हजार ९ सय ६८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार २ सय ३३ मत ल्याएका छन् ।


त्यस्तै नेपाली कांग्रेसका उपमेयर चित्रसेन अधिकारीले ३९ हजार १ सय २९ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले २२ हजार ९ सय ११ मत ल्याएका छन् ।

महानगरमा २९ वडा छन् । निर्वाचनमा कूल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेका छन् । कूल मतदाताको ६८ दशमलव ६८ प्रतिशत छन् ।


Author

थप समाचार
x