स्थानीय तह निर्वाचन २०७९

तुलसीपुर उपमहानगरको मेयर र उपमेयर दुवैमा एमाले अगाडि

इकागज |
जेठ ८, २०७९ आइतबार १३:९ बजे

काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृत कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार यहाँ मेयर र उपमेयर दुवैमा नेकपा एमाले अगाडि छ । 

एमालेको तर्फबाट मेयर उम्मेदवार टिकाराम खड्का १५ हजार ९ सय १७ मतसहित अग्रस्थानमा छन् । खड्काका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरी १४ हजार ९ सय ५५ मत पाएका छन् । त्यस्तै, राप्रपाका उम्मेदवार जगधनी चौधरी ६ सय ४१ मतसहित तेस्रो स्थानमा छन् । 


उपमेयरमा पनि एमालेले नै अग्रता लिइरहेको छ । एमालेकी उपमेयर उम्मेदवार स्यानी चौधरी १५ हजार ६८ मत पाएर अग्रस्थानमा छिन् । उनलाई सत्तागठबन्धनबाट उपमेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबादुर राना ११ हजार ७४ मत ल्याएर पछ्याइरहेका छन् । उपमेयरमा पनि राप्रपा तेस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार प्रेमबहादुर शाहले २ हजार ८ सय ८७ मत पाएका छन् । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँ मेयर र उपमेयर दुवैमा एमालले विजयी प्राप्त गरेको थियो । 

दाङको अर्को उपमहानगर घोराहीको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । घोराहीमा एमालेका नरुलाल चौधारी पुनः मेयरमा निर्वाचित भएका छन् । 


Author

थप समाचार
x