स्थानीय तह निर्वाचन २०७९

पोखराकाे मेयरमा धनराज र उपमेयरमा मञ्जु अगाडि

इकागज |
जेठ ८, २०७९ आइतबार १२:५८ बजे

पोखरा - पोखरा महानगरपालिकामा १ लाख बढी मत गणना हुँदा मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ अगाडि छिन् । महानगरमा १ लाख ४ हजार २ सय १२ मत गनिएको छ ।

जसमा आचार्य ३ हजार ३ सय ९५ मतको अग्रतामा रहेका छन् । उनले ४१ हजार ७ सय ५ मत प्राप्त गर्दा एमालेका थापाले ३८ हजार ३ सय १० मत प्राप्त गरे ।


मेयरमै राप्रपाका शंकर खरालले ४ हजार ६ सय ९० र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ६ सय ४९ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी मञ्जुले १ हजार ६ सय ९६ मतको अग्रता लिएकी छिन् ।

उनले ४३ हजार ६ सय १६ मत प्राप्त गर्दा गठबन्धनकी कोपिला रानाभाटले ४१ हजार ९ सय २० मत प्राप्त गरिन् । भने राप्रपाकी ४ हजार ६ सय २९ मत ल्याईन् ।


Author

थप समाचार
x