स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा ३३ हजार ८३४ मत गणना बाँकी हुँदा कसले कति मत ल्याए ?

इकागज |
जेठ ८, २०७९ आइतबार १२:५५ बजे

चितवन- भरतपुर महानगरपालिकामा ३३ हजार ८ सय ३४ मत गणना गर्न बाँकी हुँदा नेकपा माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले ३६ हजार ७ सय ९७ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २८ हजार ८ सय २१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार १ सय ८८ मत ल्याएका छन् ।


त्यस्तै नेपाली कांग्रेसका उपमेयर चित्रसेन अधिकारीले ३८ हजार ८ सय ९१ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले २२ हजार ७ सय ७७२ मत ल्याएका छन् ।

महानगरमा २९ वडा छन् । निर्वचनमा कूल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेका छन् । कूल मतदाताको ६८ दशमलव ६८ प्रतिशत छन् ।


Author

थप समाचार
x