स्थानीय तह निर्वाचन २०७९

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

इकागज |
जेठ ८, २०७९ आइतबार १२:३६ बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरे । तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी उनी तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुगेकी हुन् । 


यस्तै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री जिया नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ । 

परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा उनीहरूबीच द्विपक्षीय/बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x