स्थानीय तह निर्वाचन २०७९

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

इकागज |
जेठ ८, २०७९ आइतबार १२:२७ बजे

महेन्द्रनगर– कन्चनपुरको कृष्णपुर नगरपालिकामा कांग्रेस विजयी भएको छ । नगरको मेयरमा नेपाली कांग्रेसका हेमराज ओझा १० हजार ४३४ मतसहित विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २०० मत पाएका छन् ।


उपमेयरमा पनि कांग्रसकै द्रौपदी राना विजयी भएकी छन् । उनले ९ हजार ६७५ मत पाउँदा एमालेकी रमिता रानाले ७ हजार ३१६ मत पाएकी छन् ।

नौवटा स्थानीय तह रहेको कञ्चनपुरका ६ वटा तहको अन्तिम नतिजा आइसकेको छ । तीनवटा पालिकामा मतगणना जारी छ । 


Author

थप समाचार
x