स्थानीय तह निर्वाचन २०७९

पोखरामा १ लाख मतगणना सकियो, मेयरमा गठबन्धन र उपमेयरमा एमाले अघि

इकागज |
जेठ ८, २०७९ आइतबार १२:७ बजे

पोखरा - पोखरा महानगरपालिकामा १ लाख मत गणना हुँदा मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ अगाडि छिन् ।

महानगरमा १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा १ लाख १ हजार १ सय २१ म्त गनिएको छ । जसमा मेयर तर्फ आचार्य ३ हजार २ सय ६० मतको अग्रतामा रहेका छन् ।


उनी एमालेका कृष्ण थापाभन्दा निकै अघि बढेका छन् । उनले ४० हजार ४ सय ३४ मत प्राप्त गर्दा एमालेका थापाले ३७ हजार १ सय ७४ मत प्राप्त गरे । मेयरमै राप्रपाका शंकर खरालले ४ हजार ५ सय ८२ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ६ सय १३ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी मञ्जुले १ हजार ६ सय १२ मतको अग्रता लिएकी छिन् । उनले ४२ हजार ३ सय १६ मत प्राप्त गर्दा गठबन्धनकी कोपिला रानाभाटले ४० हजार ७ सय ४ मत प्राप्त गरिन् । भने राप्रपाकी ४ हजार ५ सय ९ मत ल्याईन् ।


Author

थप समाचार
x