स्थानीय तह निर्वाचन २०७९

झापाको अर्जुनधारामा गठबन्धनलाई हराउँदै एमाले विजयी

इकागज |
जेठ ८, २०७९ आइतबार १०:५९ बजे

काठमाडौ‌ं–झापाको अर्जुनधारा नगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ । मेयर पदमा एमालेका बलदेवसिंह गोम्देन तामाङले १९ हजार १ सय ६९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसकी रंजिता कार्कीले १३ हजार ७ सय ४३ मत ल्याएकी छिन् । 

यस्तै उपप्रमुखमा  एमालेकी खड्गमाया पराजुलीले १७ हजार ६ सय ३७ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका जितेश योन्जनले ९ हजार ७१  मत ल्याएका छन् । 
 



Author

थप समाचार
x