स्थानीय तह निर्वाचन २०७९

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी, उपमेयरमा एमालेको जित

इकागज |
जेठ ८, २०७९ आइतबार ७:५९ बजे

धनगढी - ​कैलालीकाे धनगढीमा रहेकाे धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम परिणामअनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका हुन् ।

हमाल २६ हजार ८६५ मतसहित विजयी हुँदा निवर्तमान मेयरसमेत रहेका वडले १४ हजार ८१६ मत पाए ।


उपमेयरमा गठबन्धनकालाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी भएकी छन् । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै राना उपमेयर बनेकी हुन् ।

रानाले ​१५ हजार ४७१ मत पाउँदा अधिकारीले १२ हजार ७७० मत पाए । 


Author

थप समाचार
x