स्थानीय तह निर्वाचन २०७९

काठमाडौँमा एक लाख बढी मत गणना : बालेन १७ हजार मतले अगाडि, स्थापित तेस्रोमा

इकागज |
जेठ ८, २०७९ आइतबार ६:३८ बजे

काठमाडौं - काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ। अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् । 

एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् । साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन् ।



Author

थप समाचार
x