स्थानीय तह निर्वाचन २०७९

स्थानीय तह निर्वाचन : ६ वटा उपमहानगरको नतिजा सार्वजनिक, कसले कहाँ जित्यो ?

इकागज |
जेठ ८, २०७९ आइतबार ६:७ बजे

काठमाडाैँ –  स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम लगातार सार्जवनिक भइरहेकाे छ ।

सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हासिल गरेकाे छ ।


आइतबार बिहान ४ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर र ६ उपमहानगरसहित ६ सय ९५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

५ महानगर र ५ उपमहानगरसहित ५८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। नतिजा आउन बाँकी रहेका पालिकामा पनि नेपाली कांग्रेसकै अग्रता छ।

दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ। विराटनगर महानगरपालिकाको अन्तिम नतिजा आउँदा नेपाली कांग्रेसले बाजी मारेको छ। 

कसले कहाँ जिते ?

हेटौंडा उपमहानगरपालिका

प्रमुख- मीना कुमारी लामा (नेकपा (एकीकृत समाजवादी))
उपप्रमुख- राजेश बानिया (नेपाली कांग्रेस)

बुटवल उपमहानगरपालिका

प्रमुख- खेलराज पाण्‍डेय (नेपाली कांग्रेस)
उपप्रमुख- सावित्रादेवी अर्याल (नेकपा एमाले)

जितपुर सिमरा उपमहानगरपालिका

प्रमुख- राजन पौडेल (नेकपा माओवादी केन्द्र)
उपप्रमुख- भोलाप्रसाद अधिकारी (नेकपा एमाले)

कलैया उपमहानगरपालिका

प्रमुख- विनोदप्रसाद साह (नेकपा एमाले)
उपप्रमुख- रौशन परविन (नेकपा एमाले)

घोराही उपमहानगरपालिका

प्रमुख- नरुलाल चौधरी (नेकपा एमाले)
उपप्रमुख- हुमाकुमारी डिसी (नेकपा एमाले)
नेपालगंज उपमहानगरपालिका

प्रमुख- प्रशान्त विष्ट (नेपाली कांग्रेस)
उपप्रमुख- कमरूद्दीन राई (जनता समाजवादी पार्टी)

 


Author

थप समाचार
x