स्थानीय तह निर्वाचन २०७९

पोखरामा कृष्ण थापाभन्दा धनराज आचार्य ३ हजार ४३९ मतले अगाडि

उपमेयरमा एमालेले कांग्रेसलाई उछिन्यो

इकागज |
जेठ ७, २०७९ शनिबार ८:२४ बजे

कास्की - पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत-समाजवादीका धनराज आचार्यले अग्रता कायम राखेका छन् ।  शनिबार बिहान ८० हजार १५४ मत गणना हुँदा आचार्यले ३२ हजार ४८० मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले २९ हजार ४१ मत प्राप्त गरेका छन् । आचार्यले ३ हजार ४ सय ३९ मतले अग्रता कायम गरेका छन् ।


उपमेयरमा एमाले अगाडि छ । एमालेका मञ्जुदेवी गुरुङ्ग ३३ हजार २२१ मतका साथ अग्र स्थानमा छिन् । उनलाई कांग्रेसका कोपिला रानाभाटले ३२ हजार ९५९ मतका साथ पछ्याइरहेकी छिन् । रानाभाट गुरुऽभन्दा २६२ मतले पछाडि छिन् । 

२ लाख ७ हजार ७ सय१२ मतदाता रहेको पोखरामा १ लाख ४३ हजार २ सय २६ मत सखेको थियो । अब ५२ हजार ४४२ मत गन्न बाँकी छ । 


Author

थप समाचार
x