स्थानीय तह निर्वाचन २०७९

मधेशकाे तीन पालिका प्रमुखमा महिला निर्वाचित

सुभाष कर्ण |
जेठ ६, २०७९ शुक्रबार १९:३३ बजे

जनकपुरधाम । मधेशका तीन महिला पालिका बन्न सफल भएका छन् । रौतहटको दुई पालिका र सप्तरी एक पालिकामा कांग्रेस, एमाले र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) गरी फरक पार्टीबाट प्रमुख पदमा निर्वाचित भएका हुन्।

रौतहटको ईशनाथ नगरपालिका काैशिल्या देवी र मौलापुर नगरपालिकामा रीना साह तथा सप्तरीकाे सुरूङ्गा नगरपालिकामा गीता चाैधरी नगरप्रमुखमा महिला उम्मेदवारहरु निर्वाचित भएकी हुन् । 


पछिल्लो मतगणनाको परिणाम अनुसार ईशनाथ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार ६६ वर्षीय कौशिल्या देवी ६ हजार २ सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । 

त्यस्तै राैतहटकै मौलापुर नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट ३७ वर्षीय पूर्वमन्त्री प्रभु साहकी श्रीमती रीना कुमार साहले ५ हजार ५ सय ६४ मत ल्याई पुनः दाेश्राे कार्यकालका लागि निर्वाचित भएकी छिन् भने सप्तरीकाे सुरूङ्गा नगरपालिकामा कांग्रेसबाट गीता चाैधरी ७ हजार २ सय ९२ मत ल्याई निर्वाचित भएकी छिन् ।

नेपाली कांग्रेसले टिकट नदिएपछि लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेकी कौशिल्या देवी ०७४ मा निर्वाचित नगरप्रमुख सन्तोष मेहता लाई ९ सय ७५ मतान्तरले हराउँदै निर्वाचित भएकी हुन । 

पूर्व मन्त्री प्रभु साहकी श्रीमती रीना साह नेकपा माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदवार राम प्रबेश राय यादवलाई २ हजार ५ सय २ मतले हराउदै निर्वाचित भएकी हुन् । 

उता अघिल्लो निर्वाचनमा निर्वाचित ईशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहता यसपटकको निर्वाचनमा पराजित भएका छन् ।

सप्तरी जिल्लाकै इतिहासमा पहिलो महिला मेयरको रूपमा सुरुङ्गा नगरपालिकामा निवार्चित गीता चाेधरी नेकपा एकीकृत समाजवादीका रामनारायण चाैधरीलाई ३ हजार ७५ मतकाे मतान्तरले पराजित गरि निर्वाचित भएकी छिन ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x