स्थानीय तह निर्वाचन २०७९

के धरानकाे लौरोलाई भेट्लान् दुई ठूला राजनीतिक दलले ?

इकागज |
जेठ ६, २०७९ शुक्रबार १९:२२ बजे

सुनसरी- धरान उपमहानगरमा ६२ हजार मत मध्ये हालसम्म ४० हजार ७९७ मतगणना भइसकेको छ । जसमा अहिले पनि लौरो चुनाव चिह्न दिएर स्वतन्त्र उम्मेदवार बनेका हर्क साङपाङ अग्रस्थानमा छन् । 

उनले यो समाचार तयार गर्दासम्म १२ हजार ५३४ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका पाँच दलीय गठबन्धनका उम्मेदवार किशोर राईले ११ हजार ८१ मत पाएका छन् ।


त्यस्तै एमालेकी मञ्जु भण्डारीको भने ९ हजार ११ मत रहेको छ ।  गठबन्धन भन्दा साङपाङ १ हजार ४५३ मतले अगाडी छन् । त्यस्तै नेकपा एमाले भन्दा स्वतन्त्र उम्मेदवार ३ हजार ५२४ मतले अगाडी छन् । राई अगाडि बढेदेखि अग्रता कायम राखिराखेका छन् । जसले दुइ प्रमुख दललाई निकै चुनाैती थपिएकाे छ ।

हाल सम्म वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०,१२,१४,१८ र १९  मत परिणाम घोषणा भइसकेको छ । ११,१३ र १५ न। वडाको मतगणना भइरहेको छ ।  त्यस्तै १६ र १७ नम्बर वडाको मतगणना हुन बाँकी छ । २० नम्बर वडाको भने मतगणनामा विवादपछि मतगणना नतिजा घोषणा गर्न बाकी रहेको छ ।


Author

थप समाचार
x