स्थानीय तह निर्वाचन २०७९

सिम्रौनगढ नगरपालिकामा लोसपा उम्मेदवार निर्वाचित

इकागज |
जेठ ६, २०७९ शुक्रबार १८:४२ बजे

काठमाडौँ- सिम्रौनगढ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार किशोरी साह कलवार निर्वाचित भएका छन् । उनले ११ हजार १ सय ३१ मत ल्याई नेपाली कांग्रेसका प्रत्याशी विजय शङ्कर यादवलाई पराजित गरेका हुन् । यादवले भने नौ हजार ३ सय ११ मत पाएका थिए । 

त्यसैगरी उपप्रमुखमा नजबु शेहरले नौ हजार ८ सय ४३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीता कुसवाहाले ८ हजार ४ सय ६१ मत प्राप्त गरे । 



Author

थप समाचार
x