स्थानीय तह निर्वाचन २०७९

विराटनगर ८ मा एमालेका पोखरेलको प्यानलै निर्वाचित

इकागज |
जेठ ६, २०७९ शुक्रबार १८:४० बजे

विराटनगर । विराटनगरपालिका वडा नं. ८ को मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा नेकपा एमालेका राम पोखरेल वडाध्यक्षमा प्यानलै निर्वाचित भएका छन् ।

यसअघि नेपाली कांग्रेसले प्यानलै जितेको वडा नं. ८ मा पोखरेल लोकप्रिय मतका साथ निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार पोखरेलले १ हजार ९१० मत प्राप्त गरी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका सन्तनु रेग्मीलाई ८६६ मतले पराजित गरेका हुन् ।


रेग्मीले १ हजार ४४ मत प्राप्त गरेका छन् । वडा नं. ८ को दुई खुल्ला सदस्यमा भुवनेश्वर राजवंशी र महमद् अब्बास मियाँ निर्वाचित भएका छन् । महिला सदस्यमा ताराकुमारी राय र दलित महिला सदस्यमा पवित्रा विश्वकर्मा निर्वाचित भए । राजवंशीले १ हजार ५१९, मियाँले १ हजार ४०१, रायले १ हजार ४६१ र विश्वकर्माले १ हजार ६१६ मत प्राप्त गरेका हुन् ।


Author

थप समाचार
x