स्थानीय तह निर्वाचन २०७९

कोशी गाउँपालिकामा कांग्रेसको नेतृत्व

इकागज |
जेठ ६, २०७९ शुक्रबार १६:१५ बजे

फाइल फोटो

सुनसरी - सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ऐयुब अन्सारी निर्वाचित भएका छन् । 

अन्सारीले ६ हजार ४१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक हजार १९९ मतान्तरले पछि पारेका थिए । 
 
यस्तै उपाध्यक्षमा कांग्रेसकै अनिताकुमारी यादव निर्वाचित भएकी छिन् । 


यसैबीच कोसी–७ मा नेकपा (माओवादी केन्द्र)बाट मुसहर समुदायका २४ वर्षीय लालदेव सदा अध्यक्षमा विजयी भएका छन् । सदाले ६११ मत प्राप्त गरी प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । 


Author

थप समाचार
x